सिरहा । सशस्त्र प्रहरीले सिरहाको औरही गाउँपालिका ४ खजनपुरबाट ४९ किलो ७६० ग्राम गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रबार बिहान करिब साढे ३ बजेको समयमा भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो ।
गस्ती टोलीलाई देखेपछि गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्ति भारतको बीआर ३१ एम ३०५७ नम्बरको मोटरसाइकल र दुई बोरा गाँजा छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।






