जनकपुरधाम । खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लाग्दा धनुषामा एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार करेन्ट लाग्दा २५ वर्षीय सितेश कुमार दासको मृत्यु भएको हो ।
बिहिबार साँझ नगराईन नगरपालिका ८ स्थित खिरखिरिया खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा दासको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।






