सिराहा । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका सिराहाका ८० वर्षीय ठकाई यादव पक्राउ परेका छन् । लक्ष्मीपुर पतारी गाउँपालिका ५ खरूक्याही निवासी यादवलाई जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले बिहिबार पक्राउ गरेको हो ।
उच्च अदालतको २०४६ पुस २५ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा यादवलाई १ वर्ष कैद सजाय सुनाएको थियो । फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी फरार रहेका थिए ।
पक्राउ परेका यादवलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सिराहामा पेश गरिएको प्रहरीले जनाएको छ ।






