काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका ३२ वर्षीय सुशान्त सिंहलाई प्रहरीले पक्राउ गरेको छ । सिराहा नगरपालिका ७ घर भई हाल ललितपुर महानगरपालिका ५ टिकाथली बस्दै आएका सिंहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाडौं महानगरपालिका ३० शंखमुलबाट पक्राउ गरेको हो ।
वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौंबाट पक्राउ अनुमति जारी भएपछि सिंह फरार रहेका थिए । पक्राउ परेका सिंहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






