मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा आर्थिक लाभ रहनेछ । शेयर बजार वा ठेक्कापट्टाबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ । व्यापार व्यवसायमा नँया अनुबन्धहरू मिल्छ । साताको मध्यमा वैदेशिक रोजगारबाट लाभ प्राप्त हुनेछ । स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्तिममा कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा विवादास्पद कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ । घर परिवारमा मांगलिक कार्यको रूपरेखा बन्नेछ । पारिवारिक उल्झनमा समय बित्नेछ । साताको मध्यमा आर्थिक लाभको स्थिति बनिरहेको छ । नयाँ कार्यको थालनीको लागि समय उपयुक्त रहेको छ । घरमा साना बालबच्चालाई लिएर चिन्ता रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा आध्यात्मिक ज्ञान तर्फ झुकाव रहनेछ । विद्यार्थीहरूलाई पठन पाठनमा शिक्षकको साथ र सहयोग मिल्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । कार्य क्षेत्रमा पदोन्नतिको लागि नयाँ अवसर प्राप्त हुनेछ । परिवारमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ । श्रमको उचित मूल्यांकन मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । कार्य क्षेत्रमा बोलिको विपरीत अर्थ लाग्न सक्छ । राजनीतिक क्षेत्रमा जनसमुदायमा कमी आउनेछ । साताको मध्यमा धार्मिक कार्यमा समय बित्नेछ । आफन्तहरूको राम्रो साथ र सहयोग मिल्नेछ । साताको अन्तिममा कानुनी समस्याहरूमा विजय प्राप्त गरिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ । नँया योजनाहरूको सुरुवात हुनेछ । साताको मध्यमा सामाजिक दायित्व निर्वहनमा बाधा हुनेछ । नोकरी वा पेशामा शत्रुहरूले खुट्टा तान्नेछन् । सवारी साधनमा धन खर्चका योग छन् । साताको अन्तिममा गृहणीहरूको गृहकार्यको साथ धर्म कर्ममा पनि मन लाग्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा विद्यार्थीहरूलाई प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । उच्च पदस्थ व्यक्तिहरूको सहयोग मिल्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा जीवन साथीको सहयोग मिल्नेछ । अविवाहितहरूलाई विवाहको प्रस्ताव आउनेछ । साताको अन्तिममा व्यावहारिक कुशलताको कमीले घरमा आन्तरिक कलह हुने सम्भावना रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । पितासँग मनमुटावका योग छन् । साताको मध्यमा व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ प्राप्त हुनेछ । वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नमा बाधा हुनेछ । विद्यार्थीहरूको बौद्धिक क्षमताको विकास हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा पुरानो कुरालाई लिएर परिवारसँग मनमुटाव हुन सक्छ सचेत रहनुहोस् । चिताएको कार्यसम्पादन हुन गाह्रो हुनेछ । साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ । समस्या दर्शाउँदा सहयोगी जनहरूले साथ दिनेछन् । साताको अन्तिममा श्रम धेरै परेपनि कार्य क्षेत्रबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । समाजमा प्रतिष्ठित कार्य प्रारम्भ गर्न सकिनेछ । साताको मध्यमा कार्यक्षेत्रमा सहयोगी वर्गहरूले सोचेजस्तो सहयोग नदेलान् । विश्वासपात्रबाट धोखा मिल्न सक्छ, सचेत रहनुहोस् । साताको अन्तिममा धर्म कर्ममा रुचि बढ्नेछ । स्वरुचीको कार्य मिल्नाले मन आनन्दित रहनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
साताको प्रारम्भमा मान सम्मानमा वृद्धि हुनेछ । कार्य क्षेत्रमा प्रभाव बढ्नेछ । साताको मध्यमा विद्यार्थीहरुलाई रचनात्मक र कलात्मक क्षेत्रमा सफलता मिल्नेछ । नोकरी वा पेशामा आयका नयाँ स्रोतहरू बन्नेछन् । साताको अन्तिममा व्यापार व्यवसायमा नयाँ प्रतिद्वन्दीहरू बढ्नेछन् । कार्य क्षेत्रमा सीनियर वा जुनियरको सहयोग मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा पिताको कार्यक्षेत्रमा प्रगतिले मन प्रसन्न रहनेछ । कारोबारको विस्तारको लागि दीर्घकालीन योजनाहरू बन्नेछन् । शेयर बजारतिर निवेश गर्दा जानकारको सल्लाह अवश्य लिनुहोस् । वैदेशिक शिक्षाको लागि गरिएको योजनाहरू सफल रहनेछन् । नयाँ नोकरीको खोजमा सफलता प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनेछ । चासो लाग्ने कार्यमा मन लाग्नेछ । साताको मध्यमा कार्य क्षेत्रमा नयाँ उपलब्धि हासिल भएतापनि जिम्मेवारी बढ्नेछ । योग्यताको उचित मूल्यांकन हुनेछ । साताको अन्तिममा आसमर्दो कार्य बन्नाले अरु कार्यतर्फ अग्रसर भइनेछ । आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन् ।






