महोत्तरी । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा औरही नगरपालिका ३ बस्ने ४२ वर्षीय मोमेन्द्र मण्डललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
मोमेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






