सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका १ छोटकी मल्हनिया गाउँबाट नियन्त्रित लागूऔषध फेनारगन ३ एम्पुल र डाइजेपाम ३ एम्पुलसहित सिराहा लहान नगरपालिका १ बस्ने ३५ वर्षीय संतोष कुमार सहनीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मौवाहाबाट खटिएको प्रहरीले मधेश प्रदेश ०१-००६ प २५१९ नम्बरको मोटरसाइकलमसा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






