काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र,इटहरीमा कार्यरत इन्जिनियर कृष्णनारायण यादवलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
विद्युत् लाइन जडानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो । यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।




