सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ८ गुम्बाटोलबाट प्रहरीले अवैध लागूऔषधसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानकी ५६ वर्षीया दिलकुमारी गोले रहेकी छन् । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गोलेको साथबाट करिब ७ सय ८५ ग्राम गाँजा, नियन्त्रित लागूऔषध स्पास्मो १६ ट्याब्लेट र नाइट्राजेपाम ४ सय १० ट्याब्लेट बरामद भएको छ । पक्राउ परेकी गोलेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




