मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मुद्दा मामिलासम्बन्धी झमेलामा पर्न सकिने सम्भावना छ । पशुबाट हानि पुग्न सक्छ भने आफन्तसँगको सम्बन्धमा समेत तिक्तता आउन सक्छ । यस्तो अवस्थामा आत्मविश्वास कायम राख्दै अघि बढ्नुहोला । दिनको सुरुवात हनुमानजीको स्मरण गरेर गर्नु शुभ हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अप्रत्याशित खबर सुन्न पाइने योग छ । वैदेशिक यात्रा वा वैदेशिक अवसरका लागि समय अनुकूल देखिन्छ । पारिवारिक सुख प्राप्त भएपनि रोजगारीको क्षेत्रमा केही झमेला आउन सक्छ । सामान्य विवादमा फस्न सकिने भएकाले दिनभरि संयमित रहनुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पारिवारिक जिम्मेवारी बढ्नेछ । बिहान ११ बजेपछि समय थप अनुकूल बन्दै जानेछ । मन प्रसन्न रहनेछ भने नयाँ ठाउँको भ्रमण वा नयाँ वस्तुको प्रयोग गर्ने अवसर मिल्न सक्छ । नुन दान गरेर दिनको सुरुवात गर्नु शुभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम्पत्य जीवनमा सुख र समझदारी बढ्नेछ । पठन पाठनमा रुचि जाग्नेछ भने बोलीको प्रभाव पनि रहनेछ । ऊर्जावान समय भएकाले नयाँ योजना बनाएर काम अघि बढाउन सकिनेछ । दूध वा दूधबाट बनेका परिकार दान गर्नु शुभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुराना सम्झना र घटनाले मन भावुक बनाउन सक्छ । साँझतिर सेवामूलक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । सिर्जनात्मक कामको प्रशंसा हुने योग छ । आज मानव सेवामा समय दिन सके सकारात्मक फल प्राप्त हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज नयाँ सोच र योजनासहित दिन बित्नेछ । अरूलाई सेवा गर्ने अवसर प्राप्त हुन सक्छ । ग्यास्ट्रिकसम्बन्धी समस्याले सताउन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुहोला । सन्तान पक्षबाट सुख मिल्नेछ । गुरुको आशीर्वाद लिएर दिनको सुरुवात गर्नु शुभ हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बिग्रिएका काम पुनः बन्ने सम्भावना छ । यद्यपि आर्थिक विषयलाई लिएर विवाद बढ्न सक्छ । शत्रुपक्षबाट भय रहने तथा बोली केही रुखो बन्न सक्ने भएकाले व्यवहारमा सावधानी अपनाउनुहोला । साँझतिर घरायसी विवाद बढ्न सक्ने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज झुटो आरोपको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । मन चञ्चल रहनेछ भने अनावश्यक धन खर्च हुने योग छ । आफ्नो लत्ताकपडा अरूलाई प्रयोग गर्न नदिनु राम्रो हुनेछ । दिनभरि अनुशासन र संयम कायम राख्नुहोला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यात्राको अवसर प्राप्त हुँदा मन प्रसन्न हुनेछ । नयाँ मित्रता कायम हुने योग छ भने परिवारबाट पनि सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले सचेत रहनुहोला । चना दान गरेर दिनको सुरुवात गर्नु शुभ हुनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे, खो, गा, गि)
नयाँ सम्बन्ध जोडिने क्रम बढ्नेछ । मन उत्साहित र रोमाञ्चित रहनेछ । कपडा तथा फलामजन्य वस्तुबाट भने अपेक्षित लाभ नहुने देखिन्छ । नयाँ काम सुरु गर्दा राम्रोसँग सोच विचार गरेर निर्णय लिनुहोला । तोरीको तेल दान गरेर दिनको सुरुवात गर्नु शुभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दाम्पत्य जीवनमा सामान्य सुधार आउनेछ । घरायसी जिम्मेवारी बढ्नेछ भने साँझतिर धन खर्च हुने सम्भावना छ। नयाँ वस्तुको प्रयोग गर्ने अवसर मिल्न सक्छ । आज सुनचाँदीको प्रयोग सकेसम्म कम गर्नु शुभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज बोलीको प्रभाव बढ्नेछ । धर्म कर्म तथा आध्यात्मिक गतिविधिमा मन जानेछ । आत्मविश्वासमा केही कमी आउन सक्छ भने स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउनुहोला । आफूले प्रयोग गर्ने कपडा दान गरेर दिनको सुरुवात गर्नु शुभ हुनेछ ।




