मेष राशि
पढाइमा रुचि बढ्नेछ र सहयोगीबाट काममा साथ मिल्नेछ । आयआर्जनमा केही बाधा आउन सक्छ । परिवारसँग भ्रमण गर्दा मन प्रसन्न रहनेछ । कानसम्बन्धी स्वास्थ्य समस्या देखिन सक्छ । वैदेशिक रोजगारीका अवसर मिल्नेछन् । दाम्पत्य जीवन सुखद् रहनेछ । साताको अन्त्यमा आर्थिक तथा अन्य समस्याको समाधान हुने योग छ ।
वृष राशि
कार्य क्षेत्रमा सुधार आउनेछ । विद्यार्थीका लागि अध्ययनमा सफलता मिल्नेछ । साथीभाइ तथा इष्टमित्रसँगको भेटघाट रमाइलो हुनेछ । जग्गा जमिनसम्बन्धी कामबाट लाभ मिल्ने योग छ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । साताको अन्त्यमा सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ ।
मिथुन राशि
वैदेशिक यात्राका लागि समय अनुकूल छ । आर्थिक उपार्जनका नयाँ अवसर प्राप्त हुनेछन् । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । नयाँ काममा केही बाधा आएपनि साथीभाइबाट सहयोग मिल्नेछ । प्रेम सम्बन्धमा सफलता प्राप्त हुने योग छ । खानपानमा सावधानी अपनाउनुहोला । विद्यार्थीका लागि अध्ययनमा सफलता मिल्नेछ ।
कर्कट राशि
अग्रजको सल्लाहअनुसार काम गर्दा सफलता मिल्नेछ । मित्र तथा सहयोगीबाट राम्रो साथ प्राप्त हुनेछ । अध्ययन र सामाजिक कार्यमा सफलता मिल्नेछ । व्यवसायीका लागि समय लाभदायक रहनेछ । उच्च पदस्थ व्यक्तिसँग भेटघाट हुने योग छ । कार्य क्षेत्रमा सामान्य मतभेद हुन सक्छ । साताको अन्त्यमा आर्थिक लाभ मिल्ने सम्भावना छ ।
सिंह राशि
नयाँ सवारी साधन खरिद गर्ने योग छ । सामाजिक सेवाका काममा सफलता मिल्नेछ । पारिवारिक सम्बन्ध सुखद् रहनेछ । वैदेशिक रोजगारीमा राम्रो अवसर मिल्नेछ । पुरानै कामबाट अपेक्षित परिणाम प्राप्त हुनेछ । ठूला निर्णय लिन केही समय पर्खनु राम्रो हुनेछ । स्वास्थ्यमा सामान्य समस्या देखिएपनि साताको अन्त्यमा आर्थिक समस्या समाधान हुने योग छ ।
कन्या राशि
दाम्पत्य जीवन सुखद् रहनेछ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । उच्च पदस्थ व्यक्तिसँग भेटघाट हुनेछ । सामाजिक क्षेत्रमा पद तथा प्रतिष्ठा प्राप्त हुने योग छ । नयाँ काममा सफलता मिल्नेछ । घर परिवारमा अग्रजको स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ । विद्यार्थीका लागि अध्ययन तथा लेखनमा सफलता मिल्नेछ । व्यवसायमा लाभ हुने समय छ ।
तुला राशि
अध्ययनमा सफलता मिल्नेछ । धार्मिक गतिविधिबाट मानसिक खुसी प्राप्त हुनेछ । घर जग्गासम्बन्धी काममा सुधार आउनेछ । वरपरका व्यक्तिसँग सामान्य मतभिन्नता हुन सक्छ । राजनीतिमा सफलता मिल्ने योग छ । स्थानान्तरणमा ढिलाइ हुन सक्छ । राम्रो कार्य सम्पादन तथा लेखनका कारण सम्मान र पदोन्नतिको अवसर प्राप्त हुनेछ ।
वृश्चिक राशि
सवारी साधन खरिद गर्ने योग छ । जग्गा जमिनको कारोबारबाट लाभ मिल्न सक्छ । पुराना प्रियजनसँग भेटघाट हुनेछ । उदरसम्बन्धी समस्या देखिन सक्छ । प्रेम सम्बन्धमा सामान्य उतारचढाव आउन सक्छ । साझेदारीको काममा सावधानी अपनाउनुहोला । शिक्षामा लाभ मिल्नेछ । सामाजिक पद तथा प्रतिष्ठा प्राप्त हुने योग छ ।
धनु राशि
ठूला तथा महत्वपूर्ण कामप्रति रुचि बढ्नेछ । दाम्पत्य र पारिवारिक सम्बन्ध सुखद् रहनेछन् । प्रेम सम्बन्धमा सफलता मिल्ने योग छ । पुराना मित्रबाट आर्थिक लाभ प्राप्त हुन सक्छ । सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोला । दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ । अध्ययन तथा कार्यक्षेत्रमा सफलता र प्रगति मिल्नेछ ।
मकर राशि
जग्गा जमिनसम्बन्धी कामका लागि समय अनुकूल छ । अध्ययन तथा अध्यापनमा सफलता मिल्नेछ । शिरसम्बन्धी सामान्य समस्या देखिन सक्छ । धातुसम्बन्धी व्यवसाय सुरु गर्ने अवसर मिल्नेछ । सहकर्मी तथा मित्रबाट राम्रो सहयोग प्राप्त हुनेछ । साताको अन्त्यमा आर्थिक लाभ मिल्नेछ । परिवारमा सुख शान्ति कायम रहनेछ ।
कुम्भ राशि
सामाजिक क्षेत्रमा पद तथा प्रतिष्ठा प्राप्त हुनेछ । घरमा नयाँ तथा शुभ सामाग्री खरिद गर्ने योग छ । साथीभाइसँग भ्रमण गरी रमाइलो समय बित्नेछ । दाजुभाइ तथा इष्टमित्रबाट सहयोग मिल्नेछ । नयाँ जागिर प्राप्त हुने सम्भावना छ । वैदेशिक रोजगारीबाट राम्रो सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद् रहनेछ र कार्य क्षेत्रमा लाभ प्राप्त हुनेछ ।
मीन राशि
कार्य क्षेत्रबाट आर्थिक लाभ प्राप्त हुने योग छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । जलविद्युत् तथा विद्युत्सम्बन्धी सेयर कारोबारबाट लाभ मिल्ने सम्भावना छ । वैदेशिक यात्रामा केही ढिलाइ हुन सक्छ । साझेदारी व्यवसायबाट राम्रो फल प्राप्त हुनेछ । सवारी यात्रामा सावधानी अपनाउनुहोला । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । साताको अन्त्यमा सामाजिक गतिविधि बढ्नेछ ।




