पर्सा । पर्साको पकहाँ मैनपुर गाउँपालिका १ बाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेनीघाट रोराङ गाउँपालिका ८ का २१ वर्षीय साजन चेपाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय पोखरियासहितबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति बा १८ च ३६५७ नम्बरको कारलाई नियन्त्रणमा लिएर तलासी गरेको थियो । त्यस क्रममा कारभित्र १२ वटा पोकामा लुकाइराखिएको अवस्थामा १ सय १४ किलो २५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
गाँजा बरामद भएपछि प्रहरीले कार चालक चेपाङलाई पक्राउ गरी नियन्त्रणमा लिएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




