मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यमा केही सामान्य समस्या देखिन सक्छ । विशेष गरी नसानाडी तथा जोर्नीमा असहजता महसुस हुन सक्ने भएकाले आराममा ध्यान दिनुहोस् । आलस्यले काममा ढिलाइ गराउन सक्छ । विदेशसम्बन्धी योजना अघि बढाउन तथा नयाँ काम थाल्न आज अनुकूल समय रहनेछ । दिनको सुरुवात कुलदेवताको स्मरण र मिठाई अर्पणबाट गर्नु राम्रो हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज ज्येष्ठ व्यक्तिको सम्मान र सेवाबाट आत्मसन्तुष्टि मिल्नेछ । तपाईंको बोली र व्यवहारले बिग्रिएका वा रोकिएका काम पुन: अघि बढ्न सक्छन् । परिवार तथा सामाजिक क्षेत्रमा सकारात्मक वातावरण बन्नेछ । गरिब तथा असहाय व्यक्तिलाई भोजन गराउँदा मनमा शान्ति र सन्तोष प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज तपाईंका लागि उत्साहजनक दिन रहनेछ । नयाँ योजना बनाउनेदेखि महत्वपूर्ण काम सुरु गर्नसम्म समयले साथ दिनेछ । पारिवारिक वातावरण सुखद रहनेछ । गुरु तथा अभिभावकको आशीर्वाद लिएर अघि बढ्दा काममा सफलता मिल्ने सम्भावना छ । आवश्यक परे सहयोग वा दान गर्न पछि नहट्नुहोस् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ सामानको खरिद बिक्री तथा व्यापारिक गतिविधिका लागि दिन सकारात्मक देखिन्छ । निर्माण वा भौतिक संरचनासँग सम्बन्धित काममा पनि प्रगति हुने सम्भावना छ । महत्वपूर्ण निर्णय लिँदा हतार नगर्नुहोस् । चिनी वा मिस्री दान गर्नु आजका लागि राम्रो मानिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शरीरमा ऊर्जा र उत्साह बढ्नेछ । नयाँ अवसरले तपाईंलाई अघि बढ्ने बाटो देखाउन सक्छ । कामका क्रममा सामान्य चोटपटक लाग्न सक्ने भएकाले विशेष गरी हिँडडुल गर्दा सावधानी अपनाउनुहोस् । अभिभावकको आशीर्वाद लिएर काम सुरु गर्दा सकारात्मक ऊर्जा प्राप्त हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नोकरीमा अपेक्षा गरेअनुसारको लाभ नपाए पनि व्यापार तथा व्यवसायबाट राम्रो आम्दानी हुने संकेत छ । मावली वा माइती पक्षबाट सहयोग र खुसीको खबर आउन सक्छ । परिवारमा आपसी समझदारी कायम रहनेछ । दिनको सुरुवात मुँगको दाल दान गरेर गर्नु शुभ मानिन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो व्यवहारमा रहेको अहंकार तथा अभिमान कम हुँदै जानेछ । व्यवसायमा आर्थिक लाभ प्राप्त हुने सम्भावना छ । तर दाजुभाइबीच सानो विषयलाई लिएर मनमुटाव हुन सक्छ, त्यसैले संयमित हुनुहोस् । प्रेम तथा सम्बन्धका मामिलामा आकर्षण बढ्नेछ । फलामसँग सम्बन्धित वस्तुको प्रयोगमा आज केही सावधानी अपनाउनु राम्रो हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आत्मविश्वास, पराक्रम र उत्साह बढ्नेछ । सञ्चारका विभिन्न माध्यमबाट सुखद खबर सुन्न पाइने सम्भावना छ । लामो समयदेखि रोकिएका काम क्रमश: पूरा हुँदै जानेछन् । पारिवारिक जीवनमा पनि खुसी र सन्तुष्टि मिल्नेछ । साँझको समयमा पिपलको दर्शन गर्नु सकारात्मक मानिन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पारिवारिक विवाद वा अनावश्यक झमेलाले मन अशान्त बनाउन सक्छ । एक्लै बस्न मन लाग्ने तथा निराशाजस्तो महसुस हुन सक्छ । कामप्रतिको उत्साह घट्न सक्छ भने बोलीमा कठोरता आउन सक्ने भएकाले शब्द छनोटमा ध्यान दिनुहोस् । बिहान शनि चालिसा पाठ गरेर दिन सुरु गर्नु लाभदायक हुनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे, खो, गा, गि)
धार्मिक गतिविधि, पूजापाठ तथा देवीदेवताको आराधनामा सहभागी हुने अवसर मिल्न सक्छ । दाजुभाइबीचको सम्बन्धमा सुधार आउनेछ । आर्थिक पक्ष बलियो बन्दै जानेछ भने तपाईंको बोलीको प्रभाव पनि बढ्नेछ । गहुँबाट बनेका परिकार खानु तथा अरूलाई खुवाउनु सकारात्मक मानिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज मनोरञ्जन र रमाइलोमा समय बित्नेछ । तपाईंले सोचेका केही महत्वपूर्ण काम पूरा हुन सक्छन् । अरूको भावनामा चोट पुग्ने गरी व्यवहार नगर्नुहोस् । विनम्रता कायम राख्दा सकारात्मक परिणाम प्राप्त हुनेछ । जीवनसाथी वा व्यावसायिक साझेदारसँग राम्रो समन्वय कायम गर्न सके थप फाइदा हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज भगवान् शिवको दर्शन वा पूजा गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ । सन्तान पक्षबाट खुसी प्राप्त हुने सम्भावना छ । धन सम्पत्ति तथा बहुमूल्य वस्तुसँग सम्बन्धित विषयमा लाभ मिल्न सक्छ । यद्यपि पेटसम्बन्धी समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोस् ।




