सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका ४ स्थित शिवसागर चोकबाट प्रहरीले २८० ट्याब्लेट नाइट्राजेपामसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका ६ बस्ने १९ वर्षीय राहुल यादव समेत तीन जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




