मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कामको अवसर मिल्नेछ । आर्थिक अवस्थामा बिस्तारै सुधार आउनेछ । आफन्त तथा परिवारको साथले महत्त्वपूर्ण काम सम्पन्न गर्न सहज हुनेछ । आत्मविश्वासका साथ अघि बढ्दा अपेक्षित सफलता हात पर्न सक्छ । बिहान बुबाको सेवा गरी आशीर्वाद लिएर दिनको सुरुवात गर्नु लाभदायी हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने सम्भावना छ । लामो समयदेखि रोकिएको रकम प्राप्त हुन सक्छ । तपाईंको बोली र व्यवहारले प्रभाव पार्नेछ । महत्त्वपूर्ण व्यक्तिसँगको भेटघाटबाट नयाँ अवसरको बाटो खुल्न सक्छ । बुबालाई मनपर्ने वस्तु उपहार दिनु शुभ मानिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन, लेखन तथा बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । नयाँ योजना अघि बढाउन आजको समय अनुकूल छ । परिवारसँग सम्बन्धित थप जिम्मेवारी आउन सक्छ । आफ्नो काममा ध्यान केन्द्रित गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । ज्येष्ठ व्यक्तिको सम्मान र सहयोग गर्दा मनमा सन्तुष्टि मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक लाभको नयाँ अवसर प्राप्त हुन सक्छ । घर परिवारमा सुखद वातावरण रहनेछ । आवश्यक वस्तु खरिद गर्ने योजना पूरा हुने सम्भावना छ । केही समयदेखि मनमा रहेको तनाव तथा चिन्ता कम हुँदै जानेछ । बिहान दूध वा चामल दान गर्नु फलदायी हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज उत्साह र आत्मविश्वास बढ्नेछ । तपाईंको कामको प्रशंसा हुनुका साथै मान सम्मान समेत बढ्न सक्छ । नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ । सही समयमा लिएको निर्णयले महत्त्वपूर्ण काममा सफलता दिलाउनेछ । बुबाको आशीर्वाद लिएर काम सुरु गर्दा सकारात्मक ऊर्जा प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
केही काममा ढिलाइ भएपनि अन्तत: सकारात्मक परिणाम प्राप्त हुनेछ । व्यापार व्यवसायमा सामान्य लाभ हुनेछ । छोटो दूरीको यात्राको योजना बन्न सक्छ । पारिवारिक विषयमा अनावश्यक चिन्ता लिनुभन्दा परिस्थितिलाई सहज रूपमा लिनु राम्रो हुनेछ । हरियो वस्तु दान गर्नु शुभ मानिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक सम्बन्ध विस्तार हुने दिन हो । साथीभाइ तथा आफन्तबाट आवश्यक सहयोग प्राप्त हुनेछ । प्रेम तथा दाम्पत्य सम्बन्धमा आत्मीयता बढ्नेछ । मनोरञ्जन तथा भेटघाटमा समय बित्न सक्छ । आफ्नो व्यक्तित्वप्रति अरूको आकर्षण बढ्ने सम्भावना छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज पराक्रम र आत्मबल बढ्नेछ । लामो समयदेखि रोकिएका काम क्रमश: अघि बढ्नेछन् । सञ्चार तथा नयाँ सम्पर्कबाट फाइदा लिन सकिनेछ । आर्थिक अवस्था बलियो बन्ने संकेत छ । हनुमानजीको स्मरण गरी दिनको सुरुवात गर्दा सकारात्मक परिणाम प्राप्त हुने विश्वास गरिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामको व्यस्तता बढ्न सक्छ । पारिवारिक जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था आउन सक्छ । कुनै विषयमा द्विविधा उत्पन्न भएपनि हतारमा निर्णय नगर्नु राम्रो हुनेछ । व्यापार तथा रोजगारीको अवस्था सामान्य रहनेछ । पहेंलो फलफूल दान गर्नु शुभ मानिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक अवस्थामा सुधार आउनेछ । तपाईंको मेहनतले उचित परिणाम दिनेछ । सामाजिक क्षेत्रमा प्रभाव र प्रतिष्ठा बढ्ने सम्भावना छ । परिवारका ज्येष्ठ सदस्यबाट प्राप्त सुझाव उपयोगी बन्न सक्छ । बुबाको सम्मान गर्दै आवश्यक सहयोग गर्नु लाभदायी हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ज्ञान, सिर्जना तथा अध्ययनसँग सम्बन्धित काममा प्रगति हुनेछ । साहित्य र लेखनतर्फ रुचि बढ्न सक्छ । पारिवारिक विषयले केही समय चिन्ता बढाए पनि संयमित भएर अघि बढ्दा समस्या समाधान हुनेछ । आफ्ना कुरा राख्दा बोलीमा विशेष सावधानी अपनाउनुहोला । कुनै विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नु शुभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन समग्रमा अनुकूल रहनेछ । धन तथा सम्पत्तिसँग सम्बन्धित कामबाट लाभ मिल्न सक्छ । सन्तान पक्षबाट खुसी प्राप्त हुनेछ । धार्मिक तथा सामाजिक गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ । भगवान् विष्णुको ध्यान गरी दिनको सुरुवात गर्दा मनमा सकारात्मकता बढ्नेछ ।




