धनुषा । जनकपुरधाम उपमहानगरपालिका १४ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २० ट्याब्लेटसहित सोही ठाउँ बस्ने १९ वर्षीय गोपाल यादव समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय मुजेलयाबाट खटिएको प्रहरीले पिडारी चोकबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज ११ प ९७०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




