मेष राशि
साताको प्रारम्भमा आफन्तहरूसँग मनमुटाव सुल्झिनेछ । धैर्यताको कमीले कार्य क्षेत्रमा अधिकारीहरूबाट सोचेजस्तो सहयोग नमिल्ला । साताको मध्यमा भावनामा आएर कुनै पनि नयाँ निर्णय नलिनुहोस् । अधिकांश समय धार्मिक कार्यहरूमा बित्नेछ । साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला । जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिनेछ ।
वृष राशि
साताको प्रारम्भमा सन्तानको सहयोग मिल्नेछ । प्रेम सम्बन्ध कसिनेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । पेटजन्य समस्या बढ्नेछ । कानुन विपरीत कार्य नगर्नुहोला । साताको अन्तिममा आयार्जनका स्रोत फेला पर्नुका साथै मान सम्मानमा वृद्धि हुनेछ । सामाजिक कार्यले छर छिमेकीहरूबाट प्रशंसा पाइनेछ ।
मिथुन राशि
साताको प्रारम्भमा समाजसेवा वा राजनीतिमा जोडिएका व्यक्तिहरूको मान सम्मान बढ्नेछ । कार्य क्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोस्, सफलता मिल्नेछ । साताको मध्यमा स्वरोजगारको नयाँ मार्ग प्रशस्त हुनेछ । बाणीको माध्यमले अरुलाई प्रभावित पार्न सकिनेछ । साताको अन्तिममा कार्यक्षेत्रमा लगनशीलताले उचित परिणाम मिल्नेछ । आफन्तहरूबाट सोचे जस्तो सहयोग नमिल्नाले कार्य समयमा सम्पादन नहोला ।
कर्कट राशि
साताको प्रारम्भमा आकस्मिक धनलाभका योग छन् । सरकारी संस्थाबाट लाभ प्राप्त हुनेछ । कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ । साताको मध्यमा विद्यार्थीहरूलाई पढाइलाई लिएर वैदेशिक यात्राको मार्ग प्रशस्त हुनेछ । स्वास्थ्यमा ध्यान दिनुहोस् ।
सिंह राशि
साताको प्रारम्भमा नोकरी वा पेशामा एकाग्र भएर कार्य गर्नुहोस्, सफलता मिल्नेछ । व्यापार व्यवसायमा साझेदारसँग मनमुटाव सुल्झिनेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिकित्सकको सल्लाह लिनुहोस् । आर्थिक पक्ष सबल रहनेछ । साताको अन्तिममा धर्म कर्ममा रुचि बढ्नुका साथै आध्यात्मिकतर्फ झुकाव रहनेछ । यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं ।
कन्या राशि
साताको प्रारम्भमा आफूलाई सकारात्मक राख्नुहोस् । उच्च शिक्षालाई लिएर नयाँ योजनाहरूको कोरिनेछन् । साताको मध्यमा काममा सीनियर र जुनियर दुबैको सहयोग मिल्नेछ । आफ्नो विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । साताको अन्तिममा शेयर बजारबाट लाभ हुनेछ । दाजुभाईमा आत्मीय भाव पढ्नेछ ।
तुला राशि
साताको प्रारम्भमा यात्रा अलि कष्टदायी रहनेछ । स्वास्थ्यलाई लिएर टाउको दुख्ने वा हड्डी दुख्ने समस्याले सताउनेछ । साताको मध्यमा पहिला गरेका कामबाट प्रशस्त लाभ आर्जन गर्न सकिनेछ । व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन् । साताको अन्तिममा कुनै विशेष समारोह आदिमा सहभागी हुने मौका मिल्नेछ । राजनीतिक क्षेत्रमा प्रशंसकहरु बढ्नेछन् ।
वृश्चिक राशि
साताको प्रारम्भमा कामकाजमा धेरै खटिनुपर्ला । समय सफलतादायक रहनेछ । गरेको कामको जस पाउनुहुनेछ । साताको मध्यमा समयमा सही निर्णय नलिँदा परिस्थितिवस पछाडि परिएला । पारिवारिक सद्भावमा कमी आउनेछ । साताको अन्तिममा विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा गुरुजनहरूको सहयोग मिल्नेछ । भाग्यको साथले नयाँ प्रबन्ध जुटाउनेछ ।
धनु राशि
साताको प्रारम्भमा भौतिक संसाधन जुटाउन सफल भइनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ । साताको मध्यमा व्यापार व्यवसायमा जीवन साथीको सहयोग मिल्नेछ । साझेदारी व्यापारमा लाभ रहनेछ । साताको अन्तिममा नयाँ लगानी लगाउनको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस् । कार्य क्षेत्रमा कार्य दोहोर्याएर गर्नुपर्ला ।
मकर राशि
वित्तीय संस्थाबाट लोनको प्रक्रियामा सकारात्मक संकेत देखिनेछ । व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ । साताको मध्यमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोला । साताको अन्तिममा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । समाजमा मान सम्मान बन्नेछ ।
कुम्भ राशि
साताको प्रारम्भमा नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ । कार्य क्षेत्रमा पिताको सहयोग मिल्नेछ । साताको मध्यमा व्यापारमा दिगो फाइदाको लागि नयाँ लगानी लगाउनुपर्ला । पढाइमा राम्रो प्रगति हुनेछ । साताको अन्तिममा उठ्नुपर्ने रकम हात लागि नहोला । पहिलाको कारोबार नमिल्नाले व्यवहारमा समस्या पर्न सक्छ ।
मीन राशि
साताको प्रारम्भमा धर्म कर्ममा रुचि बढ्नेछ भने धार्मिक यात्रा सुखदायी रहनेछ । साताको मध्यमा श्रमको उचित मूल्यांकन पाइनेछ । अप्ठ्यारो परिस्थितिमा साथीभाइले राम्रो सहयोग गर्नेछन् । साताको अन्तिममा अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ ।




