सर्लाही । सर्लाहीको बागमतीमा मंगलबार साँझ चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । बागमती नगरपालिका ४ गोले टोलमा परेको चट्याङ लागेर सोही स्थानका ठाकुरसिंह मोक्तानकी १२ वर्षीया छोरी दीना मोक्तानको मृत्यु भएको हो ।
चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा हस्तबहादुर बम्जनकी ११ वर्षीया छोरी प्रितीमा बोम्जन र ४२ वर्षीय पोशाकबहादुर वाइबा गम्भीर घाइते भएका छन् ।
घाइते प्रितीमालाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाइएको छ भने अर्का घाइते पोशाकबहादुरको बागमतीस्थित सभ्यता अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए ।




