रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ५ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३० ट्याब्लेटसहित एक १८ वर्षीय किशोर पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका १० बालचनपुरका १८ वर्षीय किशोर रहेका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेका किशोरमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




