मेष राशि
असोज महिना मेष राशिका लागि लाभदायक रहनेछ । अचल सम्पत्तिको खरिद, व्यवसाय र नोकरीमा सुधारको अवसर मिल्नेछ । प्रतिष्ठा बढ्नेछ भने सरकारी वा कानुनी मामिलामा सफलता मिल्ने सम्भावना छ । समय अनुकूल भएपनि स्वास्थ्य प्रति सचेत रहनु आवश्यक छ । जीवन साथीको स्वास्थ्यमा ध्यान दिनु होला ।
वृष राशि
वृष राशिका लागि असोज महिना मिश्रित रहन्छ । व्यवसाय र कार्य क्षेत्रमा उन्नति सम्भव छ । मनमा उमंग बढ्नेछ र आम्दानीमा वृद्धि हुनेछ । नयाँ व्यवसाय सुरु गर्न चाहनेहरूका लागि अनुकूल समय हो । विद्यार्थीले उचित समय व्यवस्थापन गर्नुपर्छ । परिवारका सन्तानसम्बन्धी चिन्ताले तनाव हुन सक्छ भने प्रेमजीवनमा उतारचढाव आउन सक्छ ।
मिथुन राशि
मिथुन राशिका लागि असोज महिना मध्यम रहन्छ । आर्थिक पक्ष मजबुत देखिन्छ । जागिर वा व्यवसायका लागि यात्रा सम्भव छ । विलासी वस्तुहरूमा खर्च बढ्न सक्छ, तर धन सञ्चय गर्न कठिन हुनेछ । सरकारी कर्मचारीका लागि कार्यक्षमता बढ्नेछ । माता पिताको स्वास्थ्य कमजोर हुन सक्छ। प्रेमसम्बन्ध सामान्य रहनेछ ।
कर्कट राशि
कर्कट राशिका लागि असोज महिना राम्रो रहनेछ । सूर्यको तृतीय गोचरले आत्मबल बढ्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ, सामाजिक प्रतिष्ठा बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । आकस्मिक धन प्राप्तिको सम्भावना छ । प्रेम जीवन सामान्य रहनेछ । दाजुभाईसँग सामान्य विवाद हुन सक्छ । नेतृत्व क्षमता बढ्नेछ ।
सिंह राशि
सिंह राशिका लागि असोज महिना मध्यम रहनेछ । सूर्यको गोचर दोश्रो भावमा भएकाले कार्य क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक लाभका लागि संघर्ष आवश्यक छ । दीर्घकालीन लगानीमा सतर्क रहनुपर्छ । विद्यार्थीका लागि राम्रो समय छ, तर प्रेमजीवनमा उतारचढाव देखिन्छ । बोलीमा नियन्त्रण राख्नुपर्ने समय छ ।
कन्या राशि
कन्या राशिका लागि असोज महिना सामान्य रहन्छ । सूर्यको गोचर लग्नमा भएकाले व्यवसाय, रोजगारीमा अवसर मिल्नेछ । परिवारको साथ मिल्नेछ । अत्यधिक आत्मविश्वासले अहंकार उत्पन्न गराउन सक्छ, सचेत रहनुहोस् । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । पढाईको क्षेत्र मध्यम रहन सक्छ । प्रेम सम्बन्धमा सामान्य असमझदारी देखिन सक्छ ।
तुला राशि
तुला राशिका लागि असोज महिना सामान्य रहनेछ । सूर्यको गोचर बाह्रौं भावमा रहेकाले विदेश जाने अवसर मिल्न सक्छ । मुद्दा मामिलामा सफलता मिल्नेछ । अनावश्यक खर्च नियन्त्रण गर्नुपर्छ । पारिवारिक असमझदारी टार्न प्रयास गर्नुपर्छ । चाडै विश्वास गर्दा समस्यामा पर्न सक्ने भएकाले लेनदेनमा विचार गर्नुपर्छ ।
वृश्चिक राशि
वृश्चिक राशिका लागि असोज महिना राम्रो रहनेछ । सूर्यको गोचर एघारौं भावमा भएकाले आम्दानी बढ्नेछ । नयाँ रोजगारी वा व्यवसायको अवसर मिल्नेछ । प्रतिष्ठा बढ्नेछ । प्रतियोगिता तयारी गरिरहेकाले विजय प्राप्त गर्ने समय छ । पारिवारिक जीवन राम्रो रहनेछ ।
धनु राशि
धनु राशिका लागि असोज महिना राम्रो रहनेछ । सूर्य दशम भावमा भएकाले व्यवसायमा लाभ मिल्नेछ । कार्य क्षेत्रमा मान सम्मान बढ्नेछ । विद्यार्थीहरूका लागि राम्रो समय छ । मेहनत अनुसार राम्रो परिणाम प्राप्त हुनेछ । नयाँ कार्यको प्राप्ति वा पदोन्नति समय छ ।
मकर राशि
मकर राशिका लागि असोज महिना मध्यम रहनेछ । सूर्य नवम भावमा रहेकाले उत्साह र ऊर्जा बढ्नेछ । कार्य क्षेत्रमा उन्नति मिल्नेछ । विदेश यात्रा वा उच्च अध्ययनको अवसर मिल्नेछ । धन आर्जन राम्रो हुनेछ तर खर्च पनि बढ्न सक्छ । पारिवारिक मेलमिलाप कायम राख्न आवश्यक छ ।
कुम्भ राशि
कुम्भ राशिका लागि असोज महिना सामान्य रहनेछ । सूर्य अष्टम भावमा रहेकाले काममा अवरोध आउन सक्छ । परीक्षामा राम्रो गर्न अतिरिक्त प्रयास आवश्यक छ । स्वास्थ्यप्रति सचेत रहनुहोस् । व्यापारमा नोक्सानीको सम्भावना छ, खर्च नियन्त्रण गर्नुहोस् । नयाँ लगानी वा नयाँ कामको सुरुवातको लागि समय त्यति अनुकूल छैन ।
मीन राशि
मीन राशिका लागि असोज महिना मध्यम रहनेछ । सूर्य सप्तम भावमा भएकाले व्यक्तित्व प्रभावशाली रहनेछ । जीवन साथीको करियरमा सुधार आउनेछ । व्यवसायमा सफलता मिल्नेछ । तर मानसिक तनाव बढ्न सक्छ । विद्यार्थीहरूले मेहनत गर्नुपर्छ । साझेदारी व्यवसायबाट नाफा आर्जन हुने समय छ ।




