वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका १५ बाट प्रहरीले १५४ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका २ का ४६ वर्षीय रेयाद आलम र जगरनाथपुर गाउँपालिका ६ का ३७ वर्षीय सन्तोषप्रसाद पटेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार उनीहरूलाई उक्त परिमाणको खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर ०५ बीएल १६८० नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




