मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कार्य क्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ र सफलतापूर्वक पूरा गर्ने अवसर मिल्नेछ । व्यवसायमा नयाँ सम्पर्क तथा सहकार्यबाट लाभ लिन सकिनेछ । पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ भने अध्ययन र यात्राका लागि पनि दिन अनुकूल रहनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार व्यवसायमा रोकिएका काम पुन: अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा आवश्यक कागजात तथा विवरण राम्ररी जाँच गरेर मात्र निर्णय लिनुहोला । परिवारका सदस्यसँग महत्त्वपूर्ण विषयमा फलदायी छलफल हुन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ विचार र योजनाले प्रगतितर्फ अघि बढ्न सहयोग गर्नेछन् । व्यवसायमा नयाँ अवसर प्राप्त हुने तथा रोजगारीमा जिम्मेवारी थपिने सम्भावना छ । आर्थिक अवस्था सामान्य रहेपनि हतारमा ठूलो लगानी गर्नु उपयुक्त हुने छैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको चाप बढे पनि धैर्यपूर्वक अघि बढ्दा सफलता हात पर्नेछ । व्यवसायमा पुराना कारोबारबाट लाभ लिन सकिनेछ । आर्थिक विषयमा अरूको भर पर्नुभन्दा आफ्नै अध्ययन र विवेकका आधारमा निर्णय लिनु राम्रो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ । कार्य क्षेत्रमा तपाईंका विचार र निर्णयको कदर हुनेछ । आर्थिक लाभका नयाँ अवसर प्राप्त हुन सक्छन् भने व्यवसाय विस्तारको योजना बन्नेछ । दाम्पत्य तथा प्रेम सम्बन्धमा मधुरता कायम रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
योजनाबद्ध रूपमा काम गर्दा अपेक्षित परिणाम हासिल गर्न सकिनेछ । जागिर तथा व्यवसायमा नयाँ सम्भावना देखा पर्नेछन् । आर्थिक अवस्था सुधारोन्मुख रहेपनि सानातिना खर्चलाई बेवास्ता नगर्नुहोला । अनुसन्धानका क्षेत्रमा सफलता मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक तथा व्यावसायिक सम्बन्ध विस्तार हुनेछन् । नयाँ व्यक्तिसँगको भेटघाटले भविष्यमा उपयोगी अवसर सिर्जना गर्न सक्छ । आर्थिक लाभको सम्भावना रहेपनि विलासिताका वस्तुमा अनावश्यक खर्च नगर्नुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आत्मविश्वास बढ्नेछ र जटिल कामसमेत कुशलतापूर्वक सम्पन्न गर्न सकिनेछ । कार्य क्षेत्रमा प्रतिस्पर्धा रहेपनि मेहनतले सकारात्मक नतिजा दिलाउनेछ । रोकिएको धन प्राप्त हुने सम्भावना छ । परिवार तथा साथीभाइबाट राम्रो सहयोग मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक तथा आध्यात्मिक कार्यप्रति रुचि बढ्नेछ । कार्य क्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त भएपनि त्यसलाई सफलतापूर्वक पूरा गर्न सकिनेछ । आर्थिक अवस्थामा क्रमिक सुधार आउनेछ भने रोकिएका योजना पुन: अघि बढ्नेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज जीवनसँग सम्बन्धित केही महत्त्वपूर्ण निर्णय लिने अवसर प्राप्त हुनेछ । कार्य क्षेत्रमा प्रतिष्ठा बढ्नुका साथै मेहनतको उचित मूल्याङ्कन हुनेछ । आर्थिक क्षेत्रमा नयाँ सम्भावना देखिएपनि जोखिमपूर्ण लगानीबाट टाढा रहनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा राम्रो परिणाम प्राप्त हुनेछ । व्यवसायमा नयाँ योजना कार्यान्वयन गर्ने वातावरण बन्नेछ । आर्थिक लाभका अवसर प्राप्त भएपनि भविष्यका लागि बचत गर्ने बानी बसाल्नुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनमा सकारात्मक ऊर्जा बढ्नेछ र अधुरा काम पूरा गर्ने उत्साह जाग्नेछ । जागिर तथा व्यवसायमा शुभ समाचार प्राप्त हुन सक्छ । आर्थिक रूपमा अपेक्षित लाभ मिल्नेछ । परिवारमा खुसीको वातावरण बन्नेछ र प्रियजनसँगको सम्बन्ध अझ प्रगाढ हुनेछ ।




