बारा । बाराको सिम्रौनगढबाट दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका २ अमृतगञ्जका ५० वर्षीय जयप्रकाश कुसवाह रहेका छन् ।
सिम्रौनगढ नगरपालिका २ स्थित सलेमपुरबाट सोमबार साँझ उनको साथबाट दुई थान कटुवा पेस्तोल बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए । पक्राउ परेका कुसवाहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




