बारा । जीतपुरसिमरा उपमहानगरपालिका २ छटिमाई टोलबाट प्रहरीले ब्राउनसुगरजस्तो देखिने अवैध लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका २५ वर्षीय रोशन साह रहेका छन् । उनलाई सोमबार दिउँसो १ ग्राम ३ सय ५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी साहलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




