नवलपरासी । महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा ब्रेक फेल भई बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बस शनिबार बिहान पौने ४ बजे ब्रेक फेल भई सडक किनारको नालामा पल्टिएको हो । दुर्घटनामा १ महिला र ३ पुरुषको मृत्यु भएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा घाइते भएका ११ जनाको उद्धार गरी उपचारका लागि कावासोतीस्थित मध्यबिन्दु अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




