सिराहा । कर्जन्हा नगरपालिका २ बन्दीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित धनगढीमाई नगरपालिका ७ बस्ने २० वर्षीय अजय कुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैया समेतबाट खटिएको प्रहरीले गण्डकी प्रदेश ०१-००१ ख ०२२१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




