बारा । देवतालको बेनौलीका दुई किशोरीको शनिबार साँझ पोखरीमा डुबेर मृत्यु भएको छ । जितिया पर्वमा नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए ।
उनका अनुसार मृत्यु हुनेमा देवताल गाउँपालिका ६ रौवाही बस्ने भोला १४ वर्षीया निशा पटेल र १४ वर्षकै चाँदनी पटेल रहेका छन् । पोखरी अत्यधिक गहिरो र पानी धेरै भएकाले पौडी खेल्न नजान्ने उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक घलेले बताए ।




