बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २३ बाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका ५ का १९ वर्षीय फारूक आलमसहित दुई जना रहेका छन् ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले आइतबार राति वीरगञ्जबाट जीतपुरतर्फ आउँदै गरेको बीआर २२ बीएल ८१७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले उनीहरूको साथबाट ६ ग्राम ३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




