बारा । निजगढ नगरपालिका ११ रतनपुर पश्चिम टोलबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ३९ वर्षीय सम्सेर रुम्बा रहेका छन् । उनलाई मंगलबार दिउँसो रतनपुरस्थित फुटबल मैदाननजिकबाट प्रहरीले भरुवा बन्दुक एक थानसहित पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोस्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले रुम्बालाई भरुवा बन्दुकसहित फेला पारेपछि नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




