मेष राशि
व्यवसायिक क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुने सम्भावना छ । आम्दानी बढ्नुका साथै बोलीको प्रभाव समेत बढ्नेछ । यसले व्यक्तिगत तथा सामाजिक सम्बन्धमा सुधार ल्याउनेछ । प्रेम सम्बन्ध र अध्ययनका क्षेत्रमा पनि समय अनुकूल रहनेछ ।
वृष राशि
विद्या र बुद्धिको उचित प्रयोगबाट आर्थिक तथा सामाजिक क्षेत्रमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ । विभिन्न चुनौतीबीच पनि महत्वपूर्ण काम सम्पन्न हुने योग छ । परिणाम दिने क्षेत्रमा गरिएको लगानी लाभदायक बन्न सक्छ ।
मिथुन राशि
नयाँ क्षेत्रमा लगानी गर्दा विशेष सावधानी अपनाउनु उचित हुनेछ । तत्काल लाभको सम्भावना कम देखिन्छ । अनावश्यक खर्च बढ्न सक्छ भने शारीरिक स्फूर्तिमा कमी आउन सक्छ । टाढाको यात्रा पनि अपेक्षाअनुसार फलदायी नहुन सक्छ ।
कर्कट राशि
आम्दानीमा वृद्धि हुनुका साथै लामो समयदेखि रोकिएका रकम फिर्ता हुने सम्भावना छ । अध्ययन र व्यवसाय दुवै क्षेत्रमा प्रगति हुनेछ । परिवारको सहयोगले महत्वपूर्ण कामहरू सहज रूपमा सम्पन्न गर्न मद्दत गर्नेछ ।
सिंह राशि
आर्थिक अवस्था थप मजबुत बन्नेछ । कानुनी तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने योग छ । यद्यपि, निर्णय लिँदा अन्योल उत्पन्न हुन सक्ने भएकाले महत्वपूर्ण विषयमा हतार नगरी धैर्यपूर्वक अघि बढ्नु राम्रो हुनेछ ।
कन्या राशि
नयाँ व्यावसायिक योजना अघि बढाउन तथा रचनात्मक काममा लगानी गर्न समय अनुकूल छ । आम्दानीमा उल्लेखनीय वृद्धि हुने सम्भावना छ । साथीभाइ तथा सहकर्मीबाट आवश्यक सहयोग प्राप्त हुनेछ ।
तुला राशि
तपाईंको मिहिनेतको लाभ अरूले उठाउने अवस्था आउन सक्छ । कामको चाप बढ्नेछ । प्रेम सम्बन्धमा सामान्य मतभेद उत्पन्न हुन सक्नेछ भने विद्यार्थीलाई अध्ययनमा ध्यान केन्द्रित गर्न केही कठिनाइ हुन सक्छ ।
वृश्चिक राशि
कृषि तथा पशुपालनबाट लाभ प्राप्त हुने सम्भावना छ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ भने विरोधी पक्ष कमजोर बन्नेछ । सामाजिक तथा जनसेवाका कामबाट प्रतिष्ठा बढ्नुका साथै लाभसमेत प्राप्त हुने योग छ ।
धनु राशि
विगतमा गरिएको प्रयासको सकारात्मक परिणाम प्राप्त हुनेछ । रमाइलो यात्राको अवसर मिल्न सक्छ । थोरै प्रयासबाट पनि उल्लेखनीय सफलता हासिल गर्न सकिनेछ । समाजका लागि गरिने योगदानमूलक कामबाट मान सम्मान प्राप्त हुनेछ ।
मकर राशि
आम्दानी बढ्ने सम्भावना बलियो छ । सवारी साधन प्राप्ति वा रमणीय स्थानको यात्रा हुने योग देखिन्छ । धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ ।
कुम्भ राशि
केही कठिन परिस्थितिको सामना गर्नुपरे पनि धैर्य र निरन्तर प्रयासले सफलता हासिल गर्न सकिनेछ । दैनिक काममा व्यस्तता बढ्नेछ । नयाँ योजना सुरु गर्न वा लगानी गर्न भने समय त्यति अनुकूल देखिँदैन ।
मीन राशि
नयाँ काम सुरु गर्न समय अनुकूल छ । व्यापार व्यवसायमा लाभ प्राप्त हुने सम्भावना छ । रचनात्मक तथा उत्पादनमूलक काममा सक्रिय हुँदा सफलता मिल्नेछ । लामो समयदेखि रोकिएका काम समेत पुन: अघि बढ्ने योग छ ।




