पर्सा । वीरगंज महानगरपालिका ११ रानीघाटबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका ११ रानीघाट बस्ने ३७ वर्षीय लखन साह कानु समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार ९ सय ९५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




