सिराहा । सिराहाको गोलबजार नगरपालिका १ बैरीबाणबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका १३ बस्ने १९ वर्षीय सुरज यादव र १९ वर्षीय श्यमबाबु कुमार यादव रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले बैरीबाणबाट कसाहातर्फ जाँदै गरेको स ६ प ७३३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




