मेष राशि
ठूलो योजना अघि बढाउनुअघि केही समय पर्खनु बुद्धिमानी हुनेछ । नजिकका व्यक्तिसँग मनमुटाव बढ्न सक्छ, त्यसैले शब्द प्रयोगमा सावधानी अपनाउनुहोस् । मान्यजनको सुझावलाई बेवास्ता गर्दा कार्य अवरुद्ध हुन सक्ने सम्भावना छ ।
वृष राशि
परिस्थितिसँग जुझ्दै अघि बढ्ने साहस बढ्नेछ । व्यापारमा क्रमिक लाभ प्राप्त हुनेछ र पुराना समस्या समाधान हुने संकेत छन् । शुभचिन्तकको सहयोग र विश्वासले मनोबल उच्च रहनेछ ।
मिथुन राशि
प्रभाव जमाउने अनुकूल समय आएको छ । अघिल्लो मिहिनेतबाट आर्थिक लाभ हुनेछ । रोकिएका कामहरू अघि बढ्नेछन् र अध्ययन तथा व्यवसाय दुवै क्षेत्रमा प्रगतिको सम्भावना छ ।
कर्कट राशि
इच्छाशक्ति बलियो बन्नेछ र प्रयासहरू सफल हुनेछन् । पारिवारिक सम्बन्धमा आत्मीयता र समझदारी बढ्नेछ । फुर्सदको क्षणहरू रमाइलो र आनन्दपूर्ण बित्नेछन् ।
सिंह राशि
समयको सदुपयोग नगरे अवसर हातबाट छुट्न सक्छ । व्यस्तता बढेपनि अपेक्षित परिणाम तुरुन्त नआउन सक्छ । योजना बनाउँदा दीर्घदृष्टि र संयमता आवश्यक हुनेछ ।
कन्या राशि
नयाँ आम्दानीका स्रोत खुल्ने सम्भावना छ । साझेदारी र सहकार्य लाभदायक बन्नेछन् । व्यवसायमा उचाइ प्राप्त गर्न सकिनेछ र आफ्नो कर्मको उचित सम्मान पाइनेछ ।
तुला राशि
आर्थिक लाभ सीमित भएपनि जिम्मेवारी बढ्ने समय हो । आत्मविश्वास र विवेक प्रयोग गर्न सके सामाजिक र पेशागत क्षेत्रमा प्रतिष्ठा बढ्नेछ ।
वृश्चिक राशि
साथीभाइको सहयोगले अड्किएका कामहरू अघि बढ्नेछन् । दीर्घकालीन लाभका लागि हालको मिहिनेत निर्णायक सावित हुनेछ । लगनशीलता र धैर्य सफलताको आधार बन्नेछन् ।
धनु राशि
कार्य सम्पादनमा ढिलाइ भए पनि अन्ततः सफलता मिल्नेछ । यात्रा वा स्थान परिवर्तनको सम्भावना छ । स्वास्थ्यमा सानो कमजोरी आउन सक्छ, तर धैर्यले लक्ष्यसम्म पुर्याउनेछ ।
मकर राशि
शिक्षा, व्यापार र आम्दानी तीनै पक्षमा सुधारको संकेत छ । प्रेम सम्बन्धमा आत्मीयता र विश्वास बढ्नेछ । प्रतिस्पर्धा बिना अवसर प्राप्त हुने समय रहेको छ ।
कुम्भ राशि
कानुनी वा विवादास्पद विषयमा अनुकूल परिणाम आउनेछ । सानो प्रयासले ठूलो उपलब्धि दिलाउन सक्छ । सहयोगीहरूको साथले कार्य सफल बन्नेछ ।
मीन राशि
प्रेम र पारिवारिक सम्बन्ध अझ सुदृढ हुनेछन् । विद्यार्थीहरूका लागि समय अत्यन्त अनुकूल छ । आर्थिक लाभ मध्यम भए पनि मानसिक सन्तुष्टि मिल्नेछ ।




