बारा । बाराको गढीमाई नगरपालिका ९ बाट अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट चरमोहनाबाट खटिएको प्रहरीले भे ३ प ३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




