पर्सा । पर्सामा चोरीका गरगहनासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकी महिलाको साथबाट करिब चार लाख ११ हजार रुपैयाँ बराबरका सुन तथा चाँदीका गरगहना बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका ६ स्थित गहवामाई मन्दिर नजिक रहेको हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहना ती महिलाको साथबाट बरामद गरिएको हो ।
प्रहरीका अनुसार बरामद गरिएका गरगहनामा एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायल रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




