जनकपुरधाम । महोत्तरीमा देवी दुर्गाको प्रतिमा विसर्जनको क्रममा धार्मिक द्वन्द फैलाउने योजना बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौशाला नगरपालिका ४ बस्ने २५ वर्षीय मोहम्मद अमिर राजा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार असोज २४ गते साँझको समयमा गौशाला ४ स्थित बाँस घारीमा राजा सहित ४/५ जना मानिसहरु खाजा नास्ता खाँदै गरेको अवस्थामा पूर्व योजना अनुरुप धार्मिक भावनामा आघात पुर्याउने उद्देश्यले गौशाला बजारमा लाग्ने हिन्दूहरुको महान चाडपर्व वडा दसैँमा दुर्गा पुजाको मुर्ती भसाउने दिनमा भिडमा झै-झगडा कुटपिट गरी बाधा अवरोध पर्याउने गरी हिन्दू र मुस्लिम समुदायहरू बिच द्बन्द फैलाउने योजना बनाएका थिए ।
हिन्दू-मुस्लिमलाई एकआपसमा लडाउने भडकाउने उदेश्यले अडियो बनाई ह्वाट्सअप मार्फत अडियो सम्प्रेषण गरी सामाजिक संजालमा समेत द्बन्द सिर्जना गर्न खोजेको विषेश सूचनाको अधारमा अनुसन्धानको क्रममा असोज ३० गते बेलुका गौशाला ५, गौशाला बजारमा घमफिर गरी रहेको अवस्थामा राजालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीमा ल्याई थप अन्सन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।




