सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका ६ मौवहा पुवारी टोल नजिक सडकबाट अवैध लागूऔषध गाँजा करिब ७२ किलो ५ सय ५ ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिराहा भगवापुर गाउँपालिका ४ कल्याणपुर बस्ने ४८ वर्षीय राम नारायण ठाकुर र सोही गाउँपालिका १ बस्ने ३७ वर्षीय मनोज कुमार मण्डल रहेका छन् ।
इलाका प्रहरी कार्यालय कडरबोना समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




