काठमाडाैं । आज तीज अर्थात् हिन्दू नारीहरूकाे महत्त्वपूर्ण चाड । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । आजकाे दिन महिलाहरू भगवान शिवको आराधना गरी नाचगान गर्ने गर्छन् ।
भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउँदै आएका छन् । नाचगान गरि तीज मनाइने भएपनि काेराेनाका कारण विगत दुई वर्षदेखि महिलाहरू घरमै थन्किन बाध्य छन् ।
कोरोना सुरु भएपछि गत वर्ष होस् वा यो वर्ष प्रायः सुनसानजस्तै छ । तीजका माहोल देख्न त्यति पाइएको छैन । कोरोनाले हरेक पर्वझैँ तीज पनि खल्लो हुँदै गइरहेको छ । समूहमा भेला भएर मनाइने पर्व घरभित्र खुम्चिएर मनाउनुपर्ने बाध्यता छ । कलाकारहरू पनि मेला महाेत्सवमा सहभागी हुन पाएका छैनन्, न त साथीसंगी नै जम्मा भएर तीज मनाउन पाएका छन् । यद्यपी गहना र राताे कपडामा भने रंगिएका छन् ।
हेराैँ सेलिब्रेटीको तीज लुक्स :






















