काठमाडौं । नेपाली फिल्म क्षेत्रकी सदावहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरको सक्रियता लोभ लाग्दो छ । अभिनयको अलवा उनी समाजसेवा, ब्यवसाय लगायत धेरै विधामा सक्रिय छिन् । केही अगाडिसम्म राजनीतिमा समेत आवद्ध उनले अहिले आफुलाई राजनीतिबाट अलग राखेको बताएकी छन् ।
यतिबेला करिश्मा सबै काम छोडेर पठन पाठनमा लागेकी छन् । केही अगाडि स्थगित कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सुरु भएपछि उनी सबै काम छोडेर परीक्षामा जुटेकी हुन् । करिश्मा परीक्षामा जुटेको समय व्यापारको काम छोरी कविता र फिल्म, घरको काम श्रीमान् विनोदले हेरिरहेका छन् ।
यसैबीच करिश्माले मेरो मोबाइल स्क्रिनमा K.P Sarma Oli को फोन आयो भन्दै सामाजिक संजालमा स्टाटस लेखेकी छन् । उनले येत्रो ठुलो मान्छे भयेर पनि सामान्य कलाकारलाई कल गरिदिनु भयेकोमा धन्यवाद के पि बुवा भनेकी छन् ।
उनले लेखेकी छन्, “फोन आउदा मेरो मोबाइल स्क्रिन मा K.P Sarma Oli भन्ने आयो म छक्क परे !!
मजाक हो कि भन्ने पनि लग्यो तर वाहा हाम्रो देशको पुर्व प्रधानमन्त्री हुनुहुन्थ्यो ।
उहाँको आवज सुन्दा घरको मुलिले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो !!
करिश्मा परिक्षा कस्तो भैरहेको छ ?
हजुर ठिक छ सर !!
तपाई के पि ओलि ?????
अ हो बिश्वस लागेन !!!
लागेन सर !!
अनि वाहाले सुनाएको डुङ्गा को कथा सुनेर लाग्यो यो हाम्रो के पि जी हो ।
आधुनिकता को यो दौडमा सद्भाव र मायाको दुरि मेटाउन येत्रो ठुलो
मान्छे भयेर पनि सामान्य कलाकारलाई कल गरिदिनु भयेकोमा धन्यवाद के पि बुवा 🙏”
त्यस्तै, अहिले आफुलाई बाहिरको काम धेरै आइरहेको बताएकी करिश्माले असोज ४ गतेसम्म परिक्षा भएकोले सो नसकिएसम्म बाहिरको कुनैपनि कार्यक्रम, प्रोजेक्टमा आफु सहभागी नहुने बताएकी छन् । करिश्मा अहिले किटनी कलेज अध्ययनरत छिन् । उनको परिक्षा सेन्टर पनि सोही कलेजमै रहेको छ ।




