काठमाडौं । कमेडी च्याम्पियन–२ को उपाधि भरतमणि पौडेलले जितेका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शोको शनिबार भएको फाइनलमा पौडेलले उपाधि जितेका हुन् । विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेलले उपाधि जितेका हुन् । पछिल्लो समय उनले पूर्व युवराज पारस शाहको अभिनय गरेर झन् चर्चित बनेका थिए ।
रियालिटी शो सुरु भएदेखि नै चर्चा कमाइरहेका पौडेलले अन्त्यमा उपाधि पनि आफ्नो पक्षमा ल्याउन सफल भए । ताप्लेजुङमा पौडेलले राजनीतिक व्यंग्यहरू गरेर उनले चर्चा कमाएका थिए । भरतमणीले उपाधिसँगै २५ लाख र कार पुरस्कार पाएका छन् । पुर्व संचारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचरबाट दर्शकको नजरमा परेका उनको पूर्व युवराज पारस शाहको क्यारिकेचरलाई अत्यधिक रूचाइदिएको थियो ।
सेमिफाइनलको उक्त प्रस्तुतिपछि उनी भोटिङ बिना नै फाइनलमा पुगेका थिए । पूर्वमन्त्री योगेश भट्टराईसमेतले उनलाई भोट माग्दै आएका थिए । यसैबीच भरतमणि विजेता बनेसँगै योगेश भट्टराईका साथै गोकुल बास्कोटाले समेत बधाई दिएका छन् । बास्कोटाले भनेका छन्, “दोस्रो कमेडी च्याम्पियनको बिजेता बन्नु भएकोमा भरतमणी पौडेललाई धेरै धेरै बधाई तथा शुभकामना ।”




