काठमाडौं । परिक्षा हल भित्र Tiktok बनाए सम्पूर्ण विषयको परिक्षा रद्द हुने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । परीक्षा बोर्डले भाद्र ३० गतेबाट संचालन भइरहेको कक्षा १२ को परिक्षामा केहि विद्यालयका परिक्षार्थीहरुले परिक्षा हलमै मोबाइल लगि फोटो खिचेर Tiktok बनाएको प्रति ध्यानाकर्षण भएको समेत जनाएको छ ।
बोर्डले परिक्षा हलमा मोबाइल लगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस निषेध गरिएको जनाउँदै त्यस्ता परिक्षार्थीहरुको सम्पूर्ण विषयको परिक्षा रद्द हुने जनाएको छ । बोर्डले परीक्षालाई व्यवस्थीत, मयादित एवम् विश्वसनिय बनाउने कार्यमा आ-आफ्नो तर्फबाट सहयोग गरिदिनु हुन विद्यालय, शिक्षक, अभिभावक एवम् नागरिक समाजलाई अपिल गरेको छ ।





