नयाँ दिल्ली । पछिल्लो कयौँ दिनदेखि सामाजिक सञ्जालमा नेहा कक्कड गर्भवती भएको अड्कलबाजी चलिरहेको छ ।
जब नेहाले इन्डियन आइडलबाट ब्रेक लिइन्, तबदेखि नै यो खबर फैलिएको थियो । उनले इन्डियन आइडलबाट ब्रेक लिनुको कारण नै उनी गर्भवती भएर हो भन्ने धेरैले अनुमान लगाए । अहिले नेहाले यसबारे सत्यता के हो खुलाएकी छिन् ।
नेहा आफ्नो नयाँ गीत काँटा लगाको प्रमोशनका लागि डान्स रियालिटी शो ‘डान्स दिवाने ३’ को सेटमा पुगेकी थिइन् । गएको आइतबार प्रशारण भएको महासंगम एपिसोडमा उनको साथमा भाइ टोनी कक्कड र गायक अनी सिंह पनि थिए ।
शो मा प्रतियोगीको डान्स हेरेर नेहा यति इम्प्रेस भइन् कि उनले श्रीमान् रोहन प्रीतसँग त्यस्तै बच्चा मागिन् सेटमै । उनले त्यसैक्रममा आफू गर्भवती नभएको र अहिले नै बच्चाको योजना पनि नबनाएको बताइन् ।




