एजेन्सी । समुन्द्र शास्त्रका अनुसार मानव शरीरमा देखिने कालो कोठी वा नङमा देखिने सेतो चिन्हको निकै महत्व हुन्छ । शास्त्रका अनुसार नङमा देखिने सेतो चिन्हले शुभ वा अशुभ फल दिन्छ । समुद्रशास्त्रका अनुसार नङमा हुने सेतो चिन्हले मानिसको जीवनका थुप्रै राज खोज्ने कुरा उल्लेख गरको छ । तर, मेडिकल साइन्समा भने नङमा देखिने सेता चिन्ह रगतको कमीले हुने कुरा बताएको छ ।
समुद्रशास्त्र अनुसार नङमा देखिने चिन्हको महत्व
बुढी औँलाको नङमा सेतो चिन्ह(समुद्रशास्त्रका अनुसार जुन व्यक्तिको बुढी औलाको नङमा सेतो चिन्ह हुने गर्दछ, त्यस्ता व्यक्तिले व्यापारमा निकै सफलता हात पार्ने गर्दछन् । साथै यो चिन्ह कुनै नयाँ साथी मिल्ने संकेत पनि हो ।
चोर औलाको नङमा सेतो चिन्ह – चोर औलाको नङमा सेतो चिन्ह हुनु निकै शुभ संकेत हो । यस्ता व्यक्तिले समाजका निकै ठूलो मान सम्मान पाउने गर्दछन्।साथै यिनीहरुले हरेक काममा सफलता पनि प्राप्त गर्ने गर्दछन् ।
माझी औलाको नङमा सेतो चिन्ह- माझी औलाको नङमा सेतो चिह्न हुनुलाई निकै शुभ मानिन्छ। शास्त्रका अनुसार यस्ता व्यक्तिलाई सधैँ बाहिर घुम्न मन पर्छ।यस्ता व्यक्ति नोकरी तथा व्यापारका क्षेत्रमा निकै सफल हुने गर्दछन्। यस्ता व्यक्ति आफ्ना सत्रुसँग बच्नु पर्ने हुन्छ।
रिङ फिङ्गरको नङमा सेतो चिन्ह- यदी तपाईको रिङ फिङ्गरको नङमा सेतो चिन्ह छ भने तपाई भविष्यमा समाज वा सरकारद्वारा सम्मानित हुनुहुनेछ। साथै यस्ता व्यक्तिको यश र प्रतिष्ठामा पनि वृद्धि हुने गर्दछ।






