काठमाडाैं । जासना सलीम जब जब आफूलाई मन पर्ने विषयमा कुरा गर्छिन्, उनी बच्चाजस्तै खुशी हुन्छिन् । उनलाई मन पर्ने विषय हाे, बालकृष्ण, जसकाे हातमा मख्खनकाे मट्का हुन्छ र अनुहारमा पनि मक्खन लागेकाे हुन्छ ।
२८ वर्षीय जासना सलीम पछिल्लाे ६ वर्षदेखि लगातार पेन्टिङ गरिरहेकि छिन् । अहिले उनले साे चित्र श्रीकृष्णकाे मन्दिरलाई भेट दिएकी छिन् । बालकृष्णकाे पेन्टिङ स्वयमले कृष्ण मन्दिरमा भेट दिन पाउँदा उनी निकै खुशी छिन् ।
दुई दिन पहिले जासनाले केरलकाे ८० वर्ष पुराना उलानाडु श्री कृष्ण स्वामी मन्दिरमा बाल कृष्णकाे पेन्टिङ भेट दिएकी थिइन् । याे मन्दिर पत्तनमतिट्टा जिल्लाकाे पन्दलम शहरमा छ, जहाँ बाल कृष्णकाे पूजा हुन्छ ।

जासना आफूले बनाएकाे पेन्टिङ नष्ट गर्न चाहँदैन थिइन् । उनी भन्छिन्, ‘म यसलाई नष्ट गर्न चाहँदैन थिएँ । किनकि याे त्यही कृष्ण थिए जसलाई मैले पहिलाे पटक बनाएकि थिएँ । त्यसकारण मैले यसलाई आफ्नाे मित्रकाे परिवारलाई दिएकी थिएँ’ । उनीहरू मेराे तस्वीर देखेर मुस्लिम युवतीले भगवान कृष्णकाे तस्वीर बनाएकाे भन्दै अच्चमित भए ।’
त्यतिबेला देखि नै उनले लगातार श्रीकृष्णकाे पेन्टिङ बनाइरहेकी छिन् । उनी भन्छिन्, ‘मलाई कृष्णकाे चित्र काेर्दा सन्तुष्टि मिल्छ ।’




