एजेन्सी । आइपीएलमा यस पटक नयाँ दुई टीम देखिने भएको छ । शाहरुख खान, प्रिति जिन्टासँगै रणवीर सिंह र दीपिका पादुकोणको पनि क्रिकेट टीम हुनेछ । दुवैले टीमका लागि छिट्टै बोली लगाउन सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । बोलीको सुरुवात २५ अक्टोबरबाट हुनेछ ।
शाहरुख खान र जूही चावलाको टीमको नाम कोलकत्ता नाइट राइडर्स रहेको छ । यसबाहेक प्रिति जिन्टाको पनि आफ्नो टीम छ, जसको नाम किंग्स ११ पञ्जाब रहेको छ । यसैगरी रणवीर र दीपिकाको पनि छुट्टै टीम हुनेछ । दुवैलाई खेलको निकै सोख छ । दीपिकाका पिता प्रकाश पादुकोण व्याडमिन्टन च्याम्पियन भइसकेका छन् । यस्तै रणवीर सिंह दुई ठुला खेल टुर्नामेन्टको हिस्सा हुन्, जुन एनबीए र इंग्लिस प्रिमियर रहेको छ ।
पिटीआईका अनुसार बीसीसीआईले ७ देखि १० हजार करोडको बोलीको अपेक्षा गरिरहेको छ । यसको बेसिक मूल्य २ हजार करोड राखिएको छ । जति पनि समूह मिलेर बोली लगाउँछन्, उनीहरुले हरेक वर्ष ३ हजार करोड मुनाफा कमाउँछन् । दीपिका र रणवीर यसमा सफल हुन्छन् या हुँदैनन् त्यो भने हेर्न बाँकी छ ।






