महोत्तरी । महोत्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएकाे छ । बर्दिवास नगरपालिका–१ भप्सिपुलस्थित सडकमा ना.६ ख १३४० नम्बरको ट्रकले प्रदेश २–०२–००२ प १३४० नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बर्दिवास नगरपालिका–३ बस्ने ३० वर्षीय डिल्लीराम कटेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिवास हुँदै मेडिसिटी अस्पताल नख्खु ललितपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–१ बस्ने २८ वर्षीय मिलम श्रेष्ठको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचार भइरहेको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको छ ।






