काठमाडौं । प्रदेश १ सरकारको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता राजेन्द्र राई नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले आज (मंगलबार) संविधानको धारा १६८ ९२० अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार १ बजेसम्मका लागि समय दिएका थिए ।
आज दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सीमाअनुसार सोमबार नै राईले ४९ जना सांसदको समर्थनसहित आफ्नो दावी पेश गरेका थिए । उक्त समयावधि सकिएसँगै प्रदेश प्रमुख अधिकारीले प्रदेश १ को मुख्यमन्त्रीको रुपमा राईलाई नियुक्त गरेका हुन् ।






