काठमाडौं । सल्यानमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने बसमा सवार १८ जना घाइते भएका छन् ।
सल्यानबाट जैतपानीबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ स्थित थारखोलामा दुर्घटना भएको हाे । बस सडकबाट २ सय मिटर तल खसेको छ ।
तीब्र गतिको कारण दुर्घटना भएको प्ररम्भिक रुपमा बुझिएको प्रहरीले जनाएकाे छ । मृतकमध्ये एक जनाकाे सनाखत गरिएकाे छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक वली रहेका छन् । अन्य मृतककाे पहिचान खुल्न बाँकी छ ।
बसमा ३० जना यात्रु रहेको बताइएको छ । १८ जना घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।






