काठमाडौं । पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्याँस र मट्टीतेलको मूल्य फेरि बढेकाे छ । मूल्य बढेकाे दुई हप्ता नबित्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको हाे ।
निगमका अनुसार आज राति १२ बजेदेखि मूल्य वृद्धिको भाउ लागू हुने जनाएको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । अब, पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढेर १५७५ पुगेको छ ।
निगमले कात्तिक १२ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।





