रौतहट । रौतहटस्थित गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत बैजनाथपुर चोकमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने २ जना घाइते भएका छन् ।
दुर्घटनामा परि मृत्यु हुनेमा चन्द्रपुर-९ का २५ वर्षीय रामाशंकर साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । गएराति १२ बजेर ५० मिनेटमा बैजनाथपुर चौकमा ना ५३ प ६११२ र विपरित दिशाबाट आईरहेको ना ४३ प ६२४३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।
दुर्घटनामा गुजरा–९ का मनोज चौधरी र मोटरसाइकलको पछाडि बसिरहेकी बृन्दाबन–७ की कान्ती देवी चौधरी गम्भीर घाइते भएकी छिन् । घाइतेहरूलाई राति नै एम्बुलेन्सबाट उपचारको लागि बीरगंज पठाईएको र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






